सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको छ। यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो।
सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो।
उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ ।








