पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमुनाको परीक्षण गर्दा १०,७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।
त्यस्तै आज ७६६ जना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





