Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

एसईई आगामी बैशाखमा गर्ने परीक्षा बोर्डको तयारी


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा सञ्चालन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाखको पहिलो साता परीक्षा गर्ने तयारी गरेको स्पष्ट पारेको छ।

आगामी बैशाखको सुरुमा परीक्षा सञ्चालन हुने बताउँदै बोर्डले परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिएको छ। कोरोनाका कारण शैक्षिक सत्र केही ढिला सुरु भएकाले पनि परीक्षा सारिएको बोर्डको भनाइ छ।

आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले एसईई केही पछि सार्नु परेको जनाइएको छ। विगतमा मंसिरमा परीक्षा तालिका सार्वजनिक गरी चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार