Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

शेयर बजारमा पहिरो, १ सय दशमलब १० अंकले घट्यो


शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार नेप्से  १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । हिजो आइतवार झन्डै १९ अङ्कले घटेको नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार