नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।





