Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

त्रिवि शिक्षण अस्पतालनै कोरोना ‘हटस्पट’ बन्दै !


काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका ३०० स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएको छ ।कुल दुई हजार ५०० कर्मचारीमध्ये ६०० जनामा संक्रमण देखिएको र अहिले ३०० जना सक्रिय संक्रमित रहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनीहरू सबैजना अहिले होम आइसोलेसनमा रहेको अधिकारीले बताए ।केही दनिअघि ६० जनामा एकैपटक संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षणका कर्मचारीमा संक्रमण फैलिएको थियो ।

संक्रमणका कारण अस्पतालका सेवा भने नोराेकिएको अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार