शेयर बजार लगातार तेस्रो दिन आज पनि घटेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । आज पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ ।
आज जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज शेयर मूल्य घट्ने कम्पनीहरुमा भने गोर्खाज फाइनान्स, समता लघुवित्त, समिट लघुवित्त, चन्दागिरी हिल्स लगायतका देखिएका छन् ।





