Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

फ्रान्समा एकै दिन थपिए पाँच लाखभन्दा बढी कोरोना संक्रमित


फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका जनाइएको छ। फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो। फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ।

उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ। फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार