Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

अफगानिस्तानमा महिला अधिकारकर्मी बेपत्ता भएको बारे बोल्यो तालिबान


अफगानिस्तानको काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आरोपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो ।

अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताएको बीबीसीले जनाएको छ ।फगानिस्तानका महिला अधिकारकर्मीले यसै हप्ता नर्बेको राजधानी ओस्लोमा तालिबानको राजनीतिक प्रतिनिधिमडलसँग भेटघाट गरेको थियो ।

अधिकारकर्मीले अफगानिस्तानमा महिला सुरक्षा कायम गर्न समेत अपिल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार