Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

होन्डुरसमा पहिलो पटक महिला राष्ट्रपति विजयी


मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेकी छिन् । लिब्रे पार्टीकी ६२ वर्षीय कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकी छिन् ।

गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिएकी हुन् । शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाइन्।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो । कास्त्रोले गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार