Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी


प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो ।

सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जानेछन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार