Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टितेल ३ रुपैयाँले महँगियो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ र मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रति किलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी एक हजार ९५ डलर कायम गरिएको निगमले जनाएको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। पन्ध्र दिन अघि पनि निगमले मूल्यवृद्धि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार