Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एकै चरणमा स्थानीय तह निर्वाचन गर्न आयोगले माग्यो १२ अर्ब


निर्वाचन आयोगले एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरेसँगै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको पनि आंकलन गरेको हो ।

एकै चरणमा निर्वाचन हुन नसकेको खण्डमा थप खर्च लाग्ने आयोगको भनाइ छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८ अर्बभन्दा बढी खर्च भएकोमा हाल खर्च बढेर १२ अर्ब पुग्ने आयोगले अनुमान गरेको हो । प्रधानमन्त्री देउवासंगको छलफलमा आयोगले चुनाव खर्चबारे जानकारी गराएको हो ।

देउवासमक्ष पेस भएको ६ पृष्ठ लामो प्रस्तावको निर्वाचन खर्च सम्बन्धी शीर्षकमा आयोगले शीर्षकगत खर्चको विवरण उल्लेख गरेको छ । आयोगले निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार