Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा


नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने विषयमा छलफल हुनेछ। बैठकमा हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षासमेत गर्ने उनले बताए।

त्यसैगरी बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने छ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ। साथै तत्काल निर्वाचनको मिति घोषणा नभए कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि एमालेमा छलफल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार