Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा र ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् । आज बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

प्रतिउत्तरमा जसपा अध्यक्ष ठाकुरले आफूहरू सकारात्मक रहे पनि एससीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सकिनेसमेत बताएका थिए । नेकपा एमालेले पनि सभामुखलाई हटाउन सहयोग गर्ने बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार