Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

प्रधानमन्त्री देउवा र फुटबल प्रशिक्षक अल्मुताइरीबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन् ।छलफलका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको तर उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजको खाँचो भएको बताएका थिए ।

अल्मुताइरीले फुटबल विकासका लागी राम्रो र स्तरीय रंगशाला आवश्यक भएको बताएका थिए । अल्मुताइरीले आफूहरू अहिले एसियन कप छनोटको तयारीमा रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्नका लागि आफू तयार रहेको बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार