Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

सिके राउत नेतृत्वको जनमत पार्टीले स्थगित गर्‍यो आन्दोलन, यस्तो छ कारण


सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीले मौसम प्रतिकूलताका कारण आन्दोलन रोकिएको सो पार्टीले जनाएको छ। जनमत पार्टीले किसान आन्दोलनका नाममा पूर्वी तराईका जिल्लामा पूर्वपश्चिम राजमार्ग बन्द गर्दै आएको थियो।

मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।

मौसम सुधार भएपछि फागुन १ गतेदेखि आन्दोलन गर्ने र त्यसको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने जनमत पार्टीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार