Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेण्डा


नेपाली कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक यही माघ २७ गते बस्‍ने भएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्‍ने भएको छ।’

उक्त बैठकमा म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्थानहरुका सम्बन्धनमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र पछिल्लो समय उठेका समसामयिक राष्ट्रिय मुद्दाहरुमा छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए।

यसअघि माघ १४ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो। कार्यसम्पादन समिति गठन गरिएको छ। कार्यसम्पादन समिति ४५ सदस्यीय हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार