Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा, ओली र प्रचण्डबीचको भेटवार्तामा के भयो सहमति ?


प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आज साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित एमाले अध्यक्ष ओलीसँग भेटगरी एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न आग्रह गरेका हुन्।

यता, एमालेले भने एमसीसीलगायतका अन्तराष्ट्रिय इस्यूहरुमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनलाई सुझाव दिएको थियो । हामीले सत्तारुढ दलभित्रै एमसीसीबारे समान धारणा बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बताए । उनले चुनावपछि मात्रै एमसीसीलाई अघि बढाउने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष दाहालबाट आएको उल्लेख गर्दै त्यसबारे सत्तारुढ दलहरुको समान धारणा आउनुपर्ने र त्यो आएपछि आफ्नो पार्टीको आधिकारिक धारणा आउने स्पष्ट पारे।

बैठकमा एमालेले स्थानीय तहको निर्वाचन समयमै घोषणा गर्न प्रधानमन्त्री देउवालाई दवाव दिएको थियो भने प्रधानमन्त्री देउवाले पनि यथासमयमै क्याविनेटबाट निर्णय गराएर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सकारात्मक जवाफ दिएको महासचिव पोखरेलले जानकारी दिए । त्यस अवसरमा एमालेले माधव नेपालसहितका १४ जनालाई गैर सांसद भन्दै उनीहरुलाई संसदमा राखेर संघीय संसद चल्न दिने पक्षमा आफ्नो पार्टी नरहेको अडान पनि दोहो¥याएका थिए ।

संसदलाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरुमा गम्भिरतापूर्वक छलफल गरिएको र आगामी बैठकले त्यसलाई निष्कर्षमा पु¥याउने काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार