Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक,स्थानीय तह निर्वाचनको मिति घोषणाको सम्भावना


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ ।

हिजो कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

त्यसअघि, सत्तारुढ गठबन्धनको बैठकले पनि निर्वाचन आयोगको सिफारिस अनुसार नै चुनावको मिति घोषणा गर्नुपर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार