Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय निर्वाचनको मिति घोषणा भएपछि एमालेले दियो यस्तो प्रतिक्रिया


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला सरकारले चुनाव घोषणा गरेपछि अब निर्वाचनको तयारीम लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताए ।

‘कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो । तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,’ उपमहासचिव रिमालले भने, ‘सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन ।’


प्रतिक्रिया दिनुहोस !
विचार