नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जुम्ला जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ। विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको हो।
उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेको छन्।
कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडी ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् । यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उनले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताए ।









