भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।
साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन।









