Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले अध्यक्ष ओलीलाई भेटेपछि शेखर कोइरालाले दिए यस्तो प्रतिक्रिया


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् । मंगलबार ओली निवास बालकोट पुगेर भेटघाट गरेका कोइरालाले संसद सुचारु गर्ने लगायत पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताए ।

उनले भने, ‘केपी ओलीजीसँग समसामयिक विषयमा कुराकानी भयो । संसद सुचारु गर्ने लगायत अहिलेका राजनीतिक विषयमा नै छलफल भएको हो ।’ कुनै एक पार्टीका नेताले अर्को पार्टीका नेतासँग भेटघाट गर्नु सामान्य विषय भएको उल्लेख गर्दै कोइरालाले मुख्यतः राजनीतिक विषयमा नै कुराकानी केन्द्रित रहेको बताए ।

सत्ता गठबन्धनमा फाटो आइरहेको अवस्थामा ओली-कोइरालाबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार