निषेधाज्ञा उल्लंघन गर्दै हिँडेकाहरुमाथि प्रहरीले जरिवाना सहितका कारबाही अघि बढाएको छ । राजधानीका चोक चोकमा खटिएका प्रहरीले शुरुमा सम्झाइबुझाइ गर्ने गरेको र त्यति गर्दा समेत नमानेपछि कारबाहीमा उत्रिएका दृश्य देख्न सकिन्छ । केही स्थानमा प्रहरीले कारबाहीका रचनात्मक उपाय समेत अपनाएका छन्
। राष्ट्रियगान गाउन लगाएर आइन्दा निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा केहीलाई छोड्ने गरिएको पाइएको छ ।