सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले बैठकमा स्थानीय निर्वाचनको बारेमा छलफल भएको पनि बताए ।
प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको निर्वाचन, भातृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताए। बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पु¥याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताए । उनले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निस्कर्षमा पुग्ने बताए ।
प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताए ।








