Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओली र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । सरकारसँग बहुमत रहेकोले एमसीसी पास गर्न एमालेको आवश्यक नै नरहेको ओलीको भनाइ थियो ।

संयुक्त राज्य अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी हिजो मात्र दिएको थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लीले नेपालका सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई टेलिफोन गरी यस्तो चेतावनी दिएपछि प्रचण्डले ओलीलाई फोन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार