प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा बिरुद्ध सत्तारुढ गठबन्धनका ९८ जना सांसदले महाअभियोग दर्ता गरेपछि जबरा स्वतः निलम्बित भएका छन् ।
कांग्रेस तथा माओवादी केन्द्रका सांसदहरुले आइतबार बिहान जबराबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपक कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।
प्रधानन्यायाधीश लोकतन्त्र र विधीको रक्षा गर्न असक्षम भएकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको सांसदहरुको भनाई रहेको छ । यता नेकपा एमालेले भने प्रधानन्यायाधीश बिरुद्ध महाअभियोग दर्ताबारे आफूलाई जानकारी नभएको जनाएको छ ।








