सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । एनआरटीको तुलनामा हिमालयनले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन ।
यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । एनआरटीका सनम लिम्बु इमर्जिङ प्लेयर चुनिए ।






