Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

पशुपति अन्नपूर्णा आश्रमका प्रमुख संरक्षकले गरे समाचारको खण्डन


पशुपति अन्नपूर्णा आश्रमका प्रमुख संरक्षक प्रा.डा. जगदीश वैद्यले आजको प्रेसमा प्रसारित ‘सञ्चालकले खुट्टा ढोग्न र मालिस गर्न लगाए भन्दै पशुपति अन्नपूर्णा आश्रमका कर्मचारी मिडियामा’ शीर्षकको समाचारप्रति आपत्ति जनाएका छन् । आफूलाई आरोपित गर्ने राज्यलक्ष्मी शाक्यले अदालतमा हालेको रिटमा अदालतले आफूलाई निर्दोष फैसला गरेको उल्लेख गर्दै उनले समाचारमा सत्यता नभएको बताएका हुन् ।
अपूर्व मिडिया प्रा.लि.द्धारा तत्कालिन अवस्थामा सञ्चालित एपी न्युज यात्रा ( हालको परिवर्तित नाम : आजको प्रेस ) को युट्युब च्यानलमा एक वर्षअघि उक्त भिडियो अपलोड भएको थियो । आश्रमका कर्मचारीहरुले वैद्यमाथि विभिन्न आरोप लगाउँदै काठमाडौंको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनको भिडियोसँगै वैद्यको धारणा पनि प्रकाशन तथा प्रसारण गर्ने प्रयास गरिएपनि तत्कालिन समयमा वैद्यसँग सम्पर्क हुन सकेको थिएन ।
वैद्यले भिडियो अपलोड भएको करिब एक वर्षपछि प्रेस काउन्सिलमार्फत अदालतका कागजपत्रसहित खण्डनपत्र पठाएका छन् । उनले पठाएको खण्डनपत्र यस्तो रहेको छ ।

(नोट : सम्मानित आदलतले आश्रमका संरक्षकलाई निर्दोष फैसला गरेको भन्ने जानकारी प्राप्त भएका कारण आश्रमका कर्मचारीहरुको भनाई समेटिएको सो भिडियो खण्डनकर्ताको मागप्रति विचार गर्दै हेर्न नमिल्ने बनाइएको छ । सो समाचारका कारण पर्नगएको असुविधाप्रति आजको प्रेस क्षमायाचना गर्दछ : सम्पादक )


प्रतिक्रिया दिनुहोस !
विचार