नेकपा एमाले संसदीय दलको बैठक केहीबेरअघि सकिएको छ । प्रधानन्यायाधीशबिरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको एमाले संसदीय दलको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरेपनि बैठक अन्यौलताका बीचमै सकिएको हो ।
संसद पुन ःस्थापनाको फैसला गर्ने अन्य ४ जना न्यायाधीशबिरुद्ध नेकपा एमालेले महाअभियोग लगाउने हल्ला चलेपनि यसबारे कुनै निर्णय हुन सकेन ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले आवेगमा कुनै पनि निर्णय नगर्ने जनाए । यद्यपि एमालेका सबै सांसदहरुलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिनेगरी हस्ताक्षर भने गराएको उनले जानकारी दिए ।
एमसीसीका विषयमा एमाले पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले सत्तारुढ गठबन्धनले आफ्नो स्वार्थसिद्धीका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएको बताए ।








