Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

शंकास्पद वस्तु राखेको अभियोगमा झापाबाट ४ जना पक्राउ, पक्राउ पर्नेमा पुजारी र महिला पनि


झापाको बिर्तामोड र दमकमा शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको पाएपछि एक पुजारीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना महिला रहकी छिन् । पक्राउ परेकाविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ४ जना पक्राउ परेपनि एक जना अझै फरार रहेका छन् । बिर्तामोड र दमकमा फरकफरक दिन प्रेसर कुकुर बम जस्तो देखिने विष्फोटक पदार्थ बरामद भएको थियो । शंकास्पद वस्तु किन राखिएको हो भन्ने कुरा खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार