शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर चर्चा कमाएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश बिरुद्ध दर्ता गरिएको महाअभियोग सत्ता गठबन्धनको हितमा नभएको दाबी गरेका छन् ।
रिजालले प्रधानन्यायाधीश बहिर्गमनको योग निर्माण भइनसकेको बताउँदै शक्तिशाली कालसर्प योग परेको समयमा महाअभियोग दर्ता गरिएकाले यसको गम्भिर असर गठबन्धनलाई नै पर्ने उल्लेख गरेका छन् । आगामी ६० दिन सत्ता गठबन्धनका लागि खड्गो रहेको भनेर आफूले माघ १८ गते नै जानकारी गराएको उनको भनाई छ ।
सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसप्रति अहिले धेरैले विभिन्न प्रकारका टीप्पणी गरिरहेका छन् । ज्योतषीलाई नहेराई देउवा गठबन्धनले यति ठूलो स्टेप कसरी चाल्यो होला भनी कतिपयले व्यंग्य समेत गरेका छन् ।









