नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ९ बजे बस्दैछ । प्रधानन्यायाधीश विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि आज पहिलोपटक बस्न लागेको संसदीय दलको बैठकमा मुख्यगरी महाअभियोग, एमसीसी र संसदको गतिरोधका विषयमा छलफल हुने बुझिएको छ ।
प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग दर्ता गरे एमसीसी टेबुल गर्न दिने सहमति गरेका सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सहमतिबाट पछि हट्ने संकेत पाएसँगै प्रधानमन्त्री देउवा अप्ठयारोमा परेका छन् । माओवादी र एकीकृत समाजवादीबाट धोका पाउने देखेपछि एमालेसँग मिलेर सभामुखविरुद्ध पनि महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।








