Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

मदन पुरस्कार विजेता तारानाथ शर्माको निधन


Taranath Sharma, Nepali Literary Icon

साहित्यकार तारानाथ शर्माको मंगलबार बिहान निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको बिहान घरमै निधन भएको पारिवारले जनाएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली साहित्यमा शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङका अनुसार आज मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टिको कार्यक्रम रहेको छ । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए ।
उनी २०२६ सालमा मदन पुरस्कार विजेता बनेका थिए ।
शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार