Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

युरेनियम जस्तो पदार्थसहित हायात होटलको पार्किङबाट आठ जना पक्राउ


काठमाडौँको हायात होटलको पार्किङबाट आठ जनालाई युरेनियमजस्तो पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाली र भारतीय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दुई किलो आठ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद गरेको छ । नेपाल प्रहरीको ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरुलाई अदालतमा पेश गरेको छ । अदालतबाट उनीहरुलाई थुनामा राख्ने अनुमति लिएर मात्र बाँकी कुरा सार्वजनिक गरिने एक प्रहरी अधिकृतको भनाई छ ।
उनीहरुबाट प्राप्त भएको पदार्थ परिक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार