एमसीसी सम्झौताको बिरोधमा रहेका कम्युनिष्ट पार्टीहरुको ५ दलीय गठबन्धनले भोलि नेपाल बन्द गर्ने निर्णय गरेको छ ।
फागुन ४ गते बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने निश्चित भएपछि नेपाल बन्द गर्ने निर्णयमा ५ दलीय गठबन्धन पुगेको बुझिएको छ । गठबन्धनमा विप्लब नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी रहेका छन् ।
एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न दलहरुले सडकमा लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् ।








