Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सडकमै संसदको बैठक : सभामुखको बिरोधमा युवा संघको नयाँ शैली


नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सडकमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुख विरुद्ध प्रदर्शन गरेको छ ।
मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर युवा संघले व्यङग्यात्मक प्रदर्शन गरेका हो । प्रतिनिधिसभामा एमालेले गरेको बिरोध जस्तै युवा संघका कार्यकर्ताले सडकमा सञ्चालन गरेको सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे लगाएतका नारा लगाउँदै बिरोध गरेका थिए ।
युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिशलाई महाभियोग लगाइएको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयत्न भएको पनि बताए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रुपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उनको भनाई छ ।
सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार