Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी टेबुल हुने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारियो


आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने निश्चित भएपछि राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
एमसीसीको बिरोधमा सडकमा हुने प्रदर्शन हिँसात्मक हुन सक्ने सुचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । राजधानीका चोक चोकमा प्रहरीको तैनाथी बढाइएको छ भने संघीय संसद भवन नयाँ बानेश्वर आसपासमा सादा पोशाकमा समेत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
आजै विप्लब नेतृत्वको नेकपा सहितका दलले नेपाल बन्दको आह्वान गरेका छन् । मंगलबार मात्रै गृह मन्त्रालयले सुरक्षा अंगका सबै प्रमुखहरुलाई ७७ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाउँन निर्देशन दिइसकेको छ ।
उपत्यका बाहिरका जिल्लामा पनि सुरक्षा व्यवस्था मजबुत बनाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार