Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्र समाजवादीका अध्यक्ष पक्राउ, एमसीसी बिरुद्ध सडकमा ब्यापक प्रदर्शन


एमसीसी सम्झौताको बिरोध गर्दै प्रदर्शनमा उत्रिएका नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकीलाई चाबहिलबाट पक्राउ गरिएको पार्टी प्रवक्ता अरुण घिसिङले जानकारी दिए ।
सरकारले एमसीसी पास गर्ने षडयन्त्र गरेको भन्दै माओवादी केन्द्र समाजवादी लगायतका विभिन्न दलहरुले आज नेपाल बन्द सहितका कार्यक्रम आयोजना गरेका थिए ।

अध्यक्ष बुढाथोकी सहितका पार्टीका नेता कार्यकर्ता पक्राउ परेपछि प्रवक्ता घिसिङले एक विज्ञप्ती निकाल्दै पक्राउ गरिएका सबैलाई तत्काल रिहाई गर्न माग गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार काठमाडौं चाबहिलबाट अध्यक्ष बुढाथोकी, वागमती प्रदेश इन्चार्ज मेघ बहादुर खत्री, मधेस प्रदेश इन्चार्ज जनक कामी, अनेरास्ववियु क्रान्तिकारीका संयोजक कपिल सिजापति त्यसैगरी नेपालगञ्जबाट केन्द्रीय सदस्य सलमान राई, बाँके जिल्ला अध्यक्ष भगत लगाएतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई तत्काल रिहाई गर्न माओवादी केन्द्र समाजवादीले सरकारसँग माग गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार