Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी विरुद्ध आज पनि प्रदर्शन हुँदै, वानेश्वर क्षेत्रमा यस्तो छ तयारी


बुधबार एमसीसी विरुद्धको प्रदर्शनका कारण रणमैदान जस्तै बनेको वानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन हुँदैछ ।
विभिन्न राजनीतिक दल तथा तीनका कार्यकर्ता र अभियन्ताहरुले आज पनि एमसीसी विरुद्ध प्रदर्शन गर्दैछन् । हिजो एमसीसी विरुद्ध भएको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको भन्दै आज उनीहरुले पुनः प्रदर्शन गर्न लागेका हुन् । आफूहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रने तर, प्रहरीले दमन गरे त्यसको प्रतिकार गर्ने २२ दलीय गठबन्धनका एक नेताले जानकारी दिए ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु संविधान प्रदत्त अधिकार भएको भन्दै उनले विदेशीको इशारामा सरकार आफूहरुको मुख थुन्न लागिपरे त्यसको परिणती राम्रो नहुने उनको चेतावनी छ । वानेश्वर क्षेत्रमा आज पनि प्रदर्शनको तयारी भएपछि त्यस क्षेत्रमा बिहानैबाट प्रहरी व्यापक मात्रामा तैनाथ गरिएको छ ।
बुधबारको संसद बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी भएपनि सत्तारुढ दलभित्रैको असहमतिका कारण बुधबार टेबुल हुन सकेन । आज दिउँसो ३ बजे सत्ता घटक दलहरुको बैठक बसेर एमसीसीबारे सहमति गर्ने तयारी छ । संसदको बैठक भने भोलि ६ गते दिनको १ बजे बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार