बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ रहेका छन् भने महिलाको सनाखत हुन बाँकी रहेको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।








