आज दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक ५ बजेका लागि सरेको छ । बैठकमा एमसीसीको विषयमा छलफल गरेर साझा धारणा बनाउने प्रयासमा बैठक बस्न लागेको हो ।
आजको बैठकबाट सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी पेश गर्ने सरकारको तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा संसदमा एमसीसी पेश गर्नुभन्दा अगाडी गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले सहमति अनुसार आज सत्ता गठबन्धनको बैठक बस्न लागेको अनुमान छ ।








