Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी पास हुन सक्छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास वा फेल जे पनि हुन सक्ने बताएका छन् ।

बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने बताएका हुन् ।

उनले एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको गुनासो गरे । अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने जिकिर समेत गरेका छन् । उनले पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको बताए ।

केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार