Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अरु नेताहरुले जस्तो बोली फेर्दैनौँ : थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टका नेताहरुले आफ्नो बोली फेरेको भन्दै कांग्रेस आफ्नो बोलीमा अडिग रहने बताएका छन् ।
एमसीसी पास गर्ने वर्षौँअघिको निर्णयमा नेपाली कांग्रेस पछि नहट्ने उनको भनाई छ ।

बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा अरुको कुरा नसुनी सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले नमिल्ने धारणा राखे ।

केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार