Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसीबारे धेरै बोलेर बिग्रियो : माधव नेपाल ( भिडियो सहित )


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे धेरै बोलेर बिग्रिएको बताएका छन् ।
एमसीसी तथा सत्ता गठबन्धनबारे छलफल गर्न माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुको आज बसेको बैठकपछि सञ्चारकर्मीसँग ठट्यौली गर्दै नेपालले धेरै बोलेर बिग्रिएको बताएका हुन् ।
एमसीसीबारे के भयो तपाईँहरुको साझा धारणा भन्ने पत्रकारहरुको जिज्ञासामा नेपालले शुरुमा बोल्नै चाहेनन् । तर, पत्रकारहरुले निकै कर गरेपछि भने नेपालले धेरे बोलेर बिग्रिएको भन्ने जवाफ दिए ।
सत्तारुढ दलको ५ बजे बस्ने बैठकले एमसीसीबारे निर्णय गर्ने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार