Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कवाडीको भाउमा स्कुटर र मोटरसाइकल विक्रीमा ( भिडियो सहित )


पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले राजधानीमा व्यंग्यात्मक प्रदर्शन गरेको छ ।
नयाँ वानेश्वरमा बिहिबार युवा संघका कार्यकर्ताले मोटरसाइकल, स्कुटर लगायतका साधन तौलिएर लान मिल्ने भन्दै विक्रीमा राखेका हुन् ।
पेट्रोलियम पदार्थको मुल्य पुनः बढाइएको विरोधमा उनीहरुले स्कुटर प्रतिकिलो २५ रुपैंयाँ र मोटरसाइकल प्रतिकिलो ३० रूपैयाँमा विक्रीमा राखेका थिए । त्यस्तै पेट्रोल र डिजेल पनि उनीहरुले विक्रीमा राखेका थिए ।
व्यंग्यात्मक प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताले सडकमै दाउरामा चिया पकाएर प्रहरी तथा बाटो हिँड्ने बटुवालाई बाँडेका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै बिरोध प्रदर्शनमा उत्रनुपरेको युवा संघका संगठन बिभाग प्रमुख क्षितिज थेवेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार