Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय निर्वाचनका लागि थपिए ३ दल


स्थानीय निर्वाचनका लागि तीन वटा दल दर्ता गरिएको छ । जनता प्रगतिशिल पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्वाचनका लागि थपिएका छन् ।
बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यबिधी २०७८ तयार गरि सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको र हालसम्म १०६ राजनीतिक दलहरु निर्वाचनका लागि दर्ता भएको जनाएको छ ।
निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लािग आयोगले जनशक्ति व्यवस्थापन निर्देशिकालाई स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यस्तै मतपत्र छपाईका लागि आवश्यक पर्ने कागजको लागत अनुमान स्वीकृत गरि इ–बिडिङको माध्यमबाट खरिद प्रक्रिया अघि बढाइएको उनले बताए । प्रवक्ता पौडेलले निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार फाल्गुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार