एमसीसीका विषयमा बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हानिएका छन् ।
बालुवाटारको बैठक सकिए लगत्तै देउवा पत्नी आरजु राणा देउवा सहित बालकोट हानिएका हुन् । सत्ता गठबन्धनमा रहेका अन्य कुनै पनि दल एमसीसीका पक्षमा नउभिने भएपछि देउवा ओलीको सहारा खोज्दै बालकोट लागेका हुन् ।
ओलीले एमसीसीका पक्षमा मतदान गर्ने संकेत गरेको खण्डमा भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्ने मनस्थितीमा देउवा रहेका छन् ।








