कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसीमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाएर राख्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
महामन्त्री थापाले माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओली सम्मले एमसीसी अगाडि बढाएको भन्दै यसलाई सदनबाट छिटो टुंगो लगाउनुपर्ने बताएका हुन् ।
सांसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने उनको भनाई छ ।








